रोटरी क्लव अफ बुटवलको १३२४ औं बैठक ग्लोबल ग्रान्ट प्रोजेक्टका बारेमा चर्चा

रोटरी क्लव अफ बुटवलको १३२४ औं बैठक ग्लोबल ग्रान्ट प्रोजेक्टका बारेमा चर्चा

 

बुटवल

रोटरी क्लव अफ बुटवलको १३२४ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकलाई संबोधन गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक ग्रान्ट सव कमिटी चेअर शिवभक्त राजभण्डारीले ग्लोवल ग्रान्ट प्रोजेक्ट छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरुबारे जानकारी गराएका थिए ।

उनले रोटरी क्लव अफ बुटवलले ग्लोबल ग्रान्ट अन्तर्गतका धेरै प्रोजेक्ट सफलताका साथ अगाडि बढाएको भन्दै धन्यवाद दिए । रोटरी क्लव अफ बुटवलले सपोर्ट गरेका प्रोजेक्टहरुमा अध्ययन गरी आर्थिक सहयोग गर्ने प्रतिवद्धता पनि राजभण्डारीले व्यक्त गरे । ग्लोबल ग्रान्ट प्रोजेक्ट छनोट गर्दा त्यसले समुदायको हित गर्छ या गर्दैन भन्ने कुरालाई विचार पु¥याउनुपर्ने उनले बताए ।

रोटरी क्लव अफ बुटवलले शंकरनगर वनवाटिकामा रोटरी इ–लर्निङ एण्ड साइन्स थिएटर, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा अक्सिजन प्लाण्ट र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा क्यान्सर स्क्रिनिङ सेन्टर गरी तीनवटा प्रोजेक्टको काम अघि बढाएको छ ।

ग्लोवल ग्रान्ट चेअर राजभण्डारीले रोटरी क्लव अफ बुटवल डिष्ट्रिक्ट ३२९२ अन्तर्गतका क्लवहरुमध्ये ग्लोवल ग्रान्ट गर्नेमा राटटरी क्लव अफ बुटवल अग्रणी रहेको भन्दै धन्यवाद दिए ।

बैठकमा रोटरी क्लव अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठले तीनवटै प्रोजेक्टको सम्झौता भइ काम अघि बढिसकेको जानकारी दिए । उनले क्लवले अगाडि सारेका प्रोजेक्टमा सबै रोटरीयनहरुको साथ सहयोग रहेको भन्दै धन्यवाद दिए ।

बैठकमा रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्षहरु डा. नारायण पन्थ, पुरन श्रेष्ठ, राजेन्द्र लम्साल, क्लव मेन्टर तथा पुर्व अध्यक्ष कृष्ण अर्याल, क्लवका सचिव रोम शर्मा तथा अन्य रोटरीयनहरु मणिरत्न पाण्डे, प्रोजेक्ट डाइरेक्टर मधुप्रसाद अर्याल, मेम्वरसीप डाइरेक्टर लेखनाथ भुसाललगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति : शनिबार, साउन २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij