डोटी– डोटीको आदर्श गाउँपालिका १ बाँझककानी, खलगडाममा मंगलबार बिहान घर भत्किँदा एकै परिवारका चार जनाको मृत्युभएको छ ।
घटनामा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले बहान करिब साढे एक बजे लोगे लुहारको घर भत्किँदा घटना भएको जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी निरीक्षक बीरबहादुर बुढाऐरले घटनामा लुहारकी श्रीमती २६ वर्षीया विष्णा विक, छोरा ९ वर्षीय पारस विक, ४ वर्षीया छोरी सिरु विक र ९ महिनाकी छोरी कटी विकको मृत्यु भएको जानकारी दिए ।
दुई दिनदेखि लगातार वर्षा भइरहेकाले पुरानो घर भएका कारण भत्केको हुनसक्ने प्रहरीको अनुमान छ । घर भत्किँदा लोगे लुहार, उनकी आमा पाना विक, सासू झाकरी विक, साला इन्द्र विक र छोरी अस्मिता विक घाइते भएको प्रहरी निरीक्षक बुढाऐरले बताए । गम्भीर घाइते चार जनाको टाउको, हातखुट्टा तथा ढाडमा चोट लागेको छ ।
घाइतेहरुको प्रहरी तथा स्थानीयले उद्धार गरेका थिए । उनीहरुलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा लगिएको छ । भत्किएको घरले चौपायहरु समेत च्यापिएका बाहिर निकाल्ने प्रयास भइरहेको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, साउन २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्