काठमाडौं -गंगबु हत्याको मुख्य अभियुक्त कल्पना मुडभरी पौडेललाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै हत्याको मुख्य अभियुक्त भनिएकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको हो ।
गत आइतबार दाङका कृष्णबहादुर बोहराको हत्या गरि फरार रहेकि कल्पना मुडभरी पौडेललाई प्रहरीले चितवनमा पक्राउ गरेको थियो । प्रहरीले दाङका कृष्णबहादुर बोहराको निर्ममतापुर्वक हत्या गरि शव टुक्रापारी सुटकेशभित्र फालिएको अवस्थामा फेला परेको थियो ।
गोंगबु नवज्योती मार्गस्थित किरण बस्नेतको घरमा बस्दै आएकी कल्पनाको कोठाबाट प्रहरीले हत्यामा प्रयोग भएका सामग्री बरामद गरेको छ । कल्पनालाई चितवनबाट सोमबार राती नै काठमाण्डौ ल्याइ आज सार्वजनिक गरेको हो । प्रहरीको प्रारम्भिक अनुशन्धानमा हत्याको मुख्य कारण आर्थिक लेनदेन र यौन हिंसा रहेको बताएको छ ।
अभियुक्त कल्पनाले पनि हत्याको स्वीकार गरिसकेको प्रहरीले बताएको छ । प्रहरीसँगको बयानमा कल्पनाले नशालु पदार्थ (स्लिपिङ ट्याब्लेट)खुवाएको, पछि अण्डकोषमा ह्यामरले हानेको र खुकुरीले टाउको र खुट्टा छिनाएको बयान दिएकJ काठमाडौँ प्रहरीले बताएको छ ।
प्रकाशित मिति : मंगलबार, साउन २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्