तीन दिनदेखि बेपत्ता पत्रकार बानियाँ मृत भेटिए

तीन दिनदेखि बेपत्ता पत्रकार बानियाँ मृत भेटिए

काठमाडौं, जुत्ता किनारमा छाडेर सोमबार बल्खु खोलामा हाम फालेका कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव फेला परेको छ ।

तीन दिनदेखि बेपत्ता पत्रकार बानियाँको शव सिस्नेरीस्थित बल्खु खोलामा फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

जुत्ता किनारमा छाडेर बानियाँ सोमबार बल्खु खोलामा हाम फालेको प्रहरीको भनाइ छ ।

‘तीन दिनअघि उहाँ बेपत्ता भएको उजुरी आएको थियो,’ उनले भने, ‘बल्खुमा शव भेटिएको छ, पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।’

दुई दशकभन्दा लामो समय कान्तिपुर दैनिकमा काम गरेका बानियाँ २०६५ मा केही समय नागरिक दैनिकमा आबद्ध भएका थिए ।

तनहुँ निवासी बानियाँ नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सचिव हुन् ।

प्रकाशित मिति : बुधबार, साउन २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij