कपिलवस्तुमा साढे २४ लाख भारतिय रुपैया बरामद

कपिलवस्तुमा साढे २४ लाख भारतिय रुपैया बरामद

 कृष्णनगर-शसस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुुुुले कृष्णनगरमा भारतबाट अबैध रुपमा भित्राईएको साढे २४ लाख भारतिय रकम बरामद गरेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट भन्दा ४ सय मिटर पुर्व ड्युटीमा रहेको शसस्त्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्मको टोलीले बुधबार बिहान पौने ५ बजे सो रकम बरामद गरेको हो । शसस्त्रको पाल ड्युटी रहेको बाटोमा भारत हुदै झोलामा भिरेर एक व्यक्तिले सेनेटाईजर र औषधीको पोकामा लुकाएर सो रकम ल्याएका थिए । दशगजा भन्दा ५० मिटर भित्र नेपाली भुभागमा सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा.कपिलबस्तुबाट खटीएको टोलीले जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालि वडा नं.१ स्थित लक्ष्मी राईस मिल (सेमरा) को पछाडी चेकजाँच गर्ने क्रममा उक्त टोलीलाई देखि भारत बाट नेपाल तर्फ आउदै गरेको ब्यक्तिले झोला फाली भागे । तर शसस्त्रको टोलीले शंका लागी झोलामा हेर्न थाले पछि ति व्यक्ती रकमको झोला छोडेर भारत तर्फ फरार भएको र पश्चात स्थानीय, पत्रकार, स्थानिय प्रतिनिधिहरुको साक्षी तथा रोहबरमा झोला खोली हेर्दा भारतिय रुपैया रु.५०० को ४९०० थान (२४,५०,०००।- भा.रु.) (नेपाली रु.३९,२०,०००।-) र ४२ पत्ता सुगरको औषधी समेत फेला परेको हुँदा पैसा सम्बन्धित निकायमा बुझाउने र औषधी नष्ट गर्नको लागी गुल्ममा ल्याई राखिएको जानकारी शससत्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्म, कृष्णनगरका गुल्मपती शसस्त्र प्रहरी नायब उपरिक्षक शुसिल कुमार शाहीले जानकारी दिए । बरामद गरिएको रकममा भारु ५ सय दरका ४९ वटा गड्डी (नेपाली रु ३९ लाख २० हजार) रहेको शाहीले बताए । बरामद रकम आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा बुझाईने जनाईएको छ । शससत्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्म, कृष्णनगरका गुल्मपती शसस्त्र प्रहरी नायब उपरिक्षक शुसिल कुमार शाही आए देखि नै विभिन्न समयमा कुखुराको चल्ला नष्ट, अवैध औषधी नष्ट , पटखा नष्ट लगायत भन्सार छली गरि ल्याएको लाखौ लाख पर्ने समान भन्सार समेत बुझाएर राजस्व चुहावट नियन्त्रणमा विशेष योगदान दिई सिमा सुरक्षा मा सधै ततपरता देखाउदै आएका स्थानीय ले बाताउछन् । विभिन्न समयमा शाही को योगदान को कदर गर्दे विभिन्न संघ संस्था र नगरपालिका समेत ले सम्मान समेत गरेको छ।

प्रकाशित मिति : बुधबार, साउन २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij