सार्वजनिक सेवाका कामकाजहरु बन्द गर्ने तिलोत्तमा नगरपालिकाको निर्णय

सार्वजनिक सेवाका कामकाजहरु बन्द गर्ने तिलोत्तमा नगरपालिकाको निर्णय

तिलोत्तमा ।
तिलोत्तमा नगरपालिकाले  सार्वजनिक सेवाका कामकाजहरु बन्द गर्ने निर्णय गरेको छ । नगरपालिका अन्तरगतको कोभिड१९ रोकथाप तथा व्यवस्थापन समितिको बैठकले नगर अन्तरगतका सबै वडा कार्यालयहरुबाट हुने अत्यावश्यक बाहेकका सबै सरकारी काम काज बन्द गर्ने निर्णय गरेको हो ।
कोभिड१९ समुदाय स्तरमा फैलिँदै गएपछि सजगता अपनाउँदै सरकारी कार्यालयहरुमा हुने भिडभाडलाई कम गर्नका लागि आगामी भाद्र १० गतेसम्म कामकाज बन्द गरिएको मेयर बासुदेव घिमिरले जानकारी दिए । नगरपालिकामा घर नक्सा पास सम्बन्धि सम्पूर्ण कामकाज, राजश्व सम्बन्धि सम्पूर्ण कार्यहरु, पञ्जीकरण सम्बन्धी सम्पूर्ण कार्यहरु,व्यवसायरसहकारी दर्ता एवं नविकरण सम्बन्धी सम्पूर्ण कार्यहरु, अत्यावश्यक बाहेकका सबै प्रकारका सिफारिसहरु, तथा सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द हुने भएका छन् ।

प्रकाशित मिति : बुधबार, साउन २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij