सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएका ३८ मध्ये चार जनाको शव फेला परेको छ ।
आज बिहान ६ बजे गएको पहिरोमा पुरिएका चार जनाको शव फेला परेको र शव निकाल्ने क्रम जारी रहेको जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष श्रेष्ठका अनुसार शवको पहिचान भएको छैन । पहिरोमा ३५ घर क्षति भएका छन् भने आठ घाइते छन् ।
घाइतेमध्ये चार जनाको चौतारा र गम्भीर घाइते एक जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीहरुले उद्धार सुरु गरेका छन् ।
पहिरोले पुरिएकाहरूको खोजी सुरु भएको छ । घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरोमा बेपत्ता हुने सबै दोङ समुदायका रहेका छन् ।
प्रकाशित मिति : शुक्रबार, साउन ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्