ओली र प्रचण्डबीच भेटवार्ता

ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेट्न अर्का अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । नेताहरुका अनुसार पार्टीमा सहमति खोज्न कार्यदल गठन गर्ने सम्भावना छ ।

प्रचण्डले त्यसका लागि आफ्नो समूहबाट सहमति लिइसकेका छन् । सबै विषयमा खुला छलफल गरेर सहमतिको प्रस्ताव तयार पार्न कार्यदल बनाउने तयारी छ ।

प्रधानमन्त्री ओलीले भने उपाध्यक्ष वामदेव गौतमको ६ बुँदे प्रस्तावकै वरिपरि सहमति खोज्ने प्रस्ताव राखेका छन् ।

प्रकाशित मिति : शुक्रबार, साउन ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij