नवलपरासी ।
पश्चिम नवलपरासीमा शनिबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ ।जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले शनिबार राति १२ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक जानकारी दिन ुभयो।
निषेधाज्ञाको समयमा जमघट, भेटघाट, बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघट हुने कार्यहरु नगर्न प्रशासनले सूचनामार्फत आग्रह गरेको छ ।
धार्मिक स्थलहरुमा दैनिक नित्य पुजाबाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगराउन तथा चाडपर्वहरु आ–आफ्नै घरभित्र रही जनस्वास्थ्यका मापदण्डहरु पालना गरी मनाउने गरी निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।
निषेधाज्ञाको उल्लङ्घन गरेमा सुरक्षाकर्मीले प्रचलित कानुन बमोजिम कारबाही हुने प्रजिअ पाठकले बताउनुभयो ।
प्रकाशित मिति : शनिबार, साउन ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्