बुटवल ।
समूदायमा कोरोना संक्रमण देखिएपछि सिद्धार्थ नगर नगरपालिका भैरहवाले पूर्ण लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाको शुक्रबार बसेको बैठकले साउन ३१ गते राति १२ बजेदेखि भदौं ५ गते राति १२ बजेसम्म पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउनको अवधिमा स्वास्थ्य सेवा, दमकल, सरसफाई, खानेपानी र अन्य अतिआवश्यक सेवाहरु मात्र सञ्चालन हुने निर्णयमा उल्लेख छ । लकडाउनका समय खाद्यान्न, तरकारी फलफूल, दुध तथा दुधजन्य पदार्थको बिक्री वितरण सामाजिक दुरी कायम गरी बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म मा खुला राख्न अनुमति दिने निर्णय नगरपालिकाले गरेको छ ।
प्रकाशित मिति : शनिबार, साउन ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्