बाग्लुङ्ग ।
निरन्तर वर्षाको कारण निसीखोला गाउँपालिका वडा नम्बर ५ कारी गाउँमा पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु भएको छ ।
शुक्रबार राति घर माथिदेखि झरेको पहिरोले स्थानीय हिराबहादुर विकको एक छोरा र एक नातीको मृत्यु भएको वडा नम्बर ४ का अध्यक्ष टिकानिधि पौडेले जानकारी दिनुभयो ।
पहिरोले विकको १३ वर्षीय छोरा विदेन्द्र विक र ६ वर्षीय नाती प्रवेश विकको पुरिएर मृत्यु भएको अध्यक्ष पौडेलको भनाई छ ।
रातको समयमा पहिरो झर्दा दुई बालक पुरिएको बताइएको छ । स्थानीय, प्रहरीको सक्रियतामा उद्धार कार्य जारी रहेको छ ।
प्रकाशित मिति : शनिबार, साउन ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्