बुटवल । नेपाल आयल निगममा आइतबार थप १० जनामा कोरोना संक्रमण देखिएको छ । भलवारी डिपोका ४० जना, भैरहवा पम्पका २२ जना र भैरहवा स्थित हवाई ईन्न डिपोका १६ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाएकोमा आइताबर बिहान आएको रिर्पोटमा १० जनामा संक्रमण देखिएको हो ।
परिक्षण रिपोर्ट अनुसार नेपाल आयल निगम भलवारी डिपोका ३ जना, भैरहवा पेट्रोल पम्पका ३ जना र विमानस्थल स्थित हवाई ईन्धन डिपोका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपाल आयल निगम भलवारी डिपोका सूचना अधिकारी रमेश ज्ञवालीले गौतमबुद्ध विमानस्थल भैरहवास्थित डिपो शुक्रबारबाट नै शिल गरिएको जानकारी दिए । साथै उनले भलवारी डिपो शिल गर्ने तयारी चलिरहेको बताए । ‘हामी छलफलमा जाँदैं छौं ।’ उनले भने ।
भैरहवास्थित नेपाल आयल निगमको पम्प आइतबार बिहानदेखि नै शिल गरिएको छ । भैरहवास्थित हवाई इन्धन डिपोमा कार्यरत केही कर्मचारीमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि बिहीबार ४ जनाको स्वाब परिक्षण गर्दा संक्रमण भएको पत्ता लागेको थियो ।
प्रकाशित मिति : आइतबार, साउन ३२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्