अद्यावधिक नक्सा अङ्कित लोगो सङ्घीय संसद्का पदाधिकारीलाई हस्तान्तरण

अद्यावधिक नक्सा अङ्कित लोगो सङ्घीय संसद्का पदाधिकारीलाई हस्तान्तरण

काठमाण्डौ
सङ्घीय संसद्ले नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अङ्कित नयाँ प्रतिक लोगो तयार पारेर संसद्का पदाधिकारीलाई हस्तान्तरण गरेको छ ।
सङ्घीय संसद्का महासचिव डाक्टर भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाललाई लोगो हस्तान्तरण गर्नुभएको हो । सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दाहालले साेमबारदेखि नै नयाँ लोगो लगाउनुभएको छ ।

गएको जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सङ्घीय संसद्का सदस्यहरुले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि सङ्घीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोस्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो । कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार सङ्घीय संसद् सचिवालयले नयाँ लोगो तयार गरेको हो ।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा एक तोला चाँदीको बेस र ३ दशमलव ५ सेन्टिमिटर व्यास रहेको छ । लोगो वाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो । प्रतिलोगो पाँच हजार पाँच सय २७ रुपैयाँ खर्च लागेको महासचिव गौतमले जानकारी दिनुभयो ।
सङ्घीय संसद्का सदस्यहरुलाई समेत नयाँ नक्सा अङ्कित लोगो साेमबारदेखि नै उपलब्ध गराइने छ

प्रकाशित मिति : आइतबार, साउन ३२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij