समुदायमा कोरोना भाईरस संक्रमण फैलिएपछि रुपन्देहीमा ‘क्वीक रेस्पोन्स टिम’ गठन

समुदायमा कोरोना भाईरस संक्रमण फैलिएपछि रुपन्देहीमा ‘क्वीक रेस्पोन्स टिम’ गठन

रुपन्देही

समुदायमा कोरोना भाईरसको संक्रमण बढेपछि रुपन्देहीमा ‘क्वीक रेस्पोन्स टिम’ गठन गरिएको छ । जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको आईतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उक्त टिम गठन गर्ने निर्णय गरेको हो । उक्त समितिमा स्थानीय तहका प्रमुखहरु, स्वास्थ्य संयोजक, सुरक्षा निकायका प्रमुख, पत्रकार महासंघका अध्यक्ष लगायत सदस्य रहने छन् ।
बैठकले स्थानीय तहका प्रशासकीय प्रमुकको संयोजकत्वमा ‘ईमिडिएट रेस्पोन्स टिम’ समेत गठन गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी गराउनु भएको छ । पालिका स्तरमा काम गर्नेगरी प्रशासकीय प्रमुखको संयोजकत्वमा गठन गरिएको ‘ईमिडिएट रेस्पोन्स टिम’मा सम्बन्धित स्थानीय तहका स्वास्थ्यकर्मी, प्रहरी लगायत सदस्य रहने छन् ।

प्रकाशित मिति : आइतबार, साउन ३२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij