कञ्चन -रुपन्देहीको कञ्चन ४ मा रहेको बुद्ध नगर सामुदायिक टोलको खेल मैदान स्तरोन्नती हुँदैछ । जनआस्था पृथ्वी क्लवका अध्यक्ष उदय आलेको नेतृत्वमा बुद्ध नगर सामुदायिक टोलको खेलमैदान वरिपरि तार जाली लगाउने काम सुरु भएको हो ।
खेलमैदानको संरक्षणका लागि तारजाली लगाउने कार्यको शुभारम्भ गर्दै कञ्चन ४ का वडा अध्यक्ष दुर्गा बहादुर क्षेत्रीले बुद्ध रंगशाला निर्माणका लागि आफ्नो वडाबाट हुने सहयोग तथा साथ रहने र रंगशाला निर्माणमा सबैजनाले मनदेखी सहयोग गर्न आग्रह गर्नु भएको छ। यस्तै खेलकुद स्वास्थ्यका लागि भएको र दिर्घायु जीवनका लागि जिवनमा खेलकुद अनिवार्य रहेकोले हरेक वडामा खेलकुद मैदानको निर्माण र भइरहेका खेलकुद मैदानहरुलाई मर्मत,संरक्षण र स्तरउन्नती गर्दै लैजाने गाउपालिकाको योजना भएकोले गाउपालिकाबाट सहयोग उपलब्ध गराउन आफुले सहयोग गर्ने बताउनु भएको छ।
खेलमैदान संरक्षणमा ढिलाइ भएपनि अब काम द्रुतगतिमा हुने र स्थानीय तहकै नमुना रंगशाला बनाउने आलेले बताउनु भयो ।मैदानमा मानिस हिँड्ने ट्रयाक,रनिङ ट्रयाक र तयसपछि फुटबल ग्राउण्ड बनाइने छ अध्यक्ष आलेले बताउनु भयो। अध्यक्ष आलेले बुद्ध रंगशालाको वरिपरि शारीरिक व्यायामका सामग्रीहरु जडान हुनुका साथै पार्क र पार्किङ पनि निर्माण गरिने समेत बताउनु भयो ।
राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सकिने गरी दर्शकहरुका लागि सेमी प्याराफिट सहित कंक्रिटको कुर्सी बनाइने र बुद्ध रंगशाला निर्माणका लागि आर्थिक सहयोग गर्न सबैमा अपिल समेत गर्नु भएको छ। ।
बुद्ध रंगशालालाई स्थानीय तहकै नमूनाको रुपमा विकास गरिने क्लबका सचिव हिमाल थापाले बताउनु भएको छ। बुद्ध रंगशालाको वरिपरि पहिलो चरणमा तारजालीले बार लगाई खेलमैदानको संरक्षण गरिने सचिव हिमाल थापा बताउदै खेलमैदानको वरीपरी तारजाली लगाउने काम सुरु भएको बताउनु भएको छ ।
प्रकाशित मिति : बुधबार, भाद्र ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्