२४ घण्टामा ६९ हजार ६ सय ५२ जना नयाँ बिरामी थपिएसँगै भारतमा संक्रमितको संख्या २८ लाख ३५ हजार नाघेको छ

२४ घण्टामा ६९ हजार ६ सय ५२ जना नयाँ बिरामी थपिएसँगै भारतमा संक्रमितको संख्या २८ लाख ३५ हजार नाघेको छ

काठमाण्डौ; भारतमा २४ घण्टामा साढे ६९ हजार कोरोनाका बिरामी थपिएका छन् । ९ सय ७७ जनाको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ६९ हजार ६ सय ५२ जना नयाँ बिरामी थपिएसँगै भारतमा संक्रमितको संख्या २८ लाख ३५ हजार नाघेको छ । यस्तै ज्यान गुमाउनेको संख्या ५४ हजार नाघेको छ ।

संक्रमित धेरै भएका देशको सूचीमा भारत तेस्रो स्थानमा छ । सबैभन्दा धेरै अमेरिकामा ५७ लाखमा कोरोना पुष्टि हुँदा १ लाख ७६ हजारको ज्यान गएको छ भने साढे ३४ लाखमा कोरोना पुष्टि भएको ब्राजिलमा १ लाख ११ हजारको ज्यान गएको छ ।

अहिलेसम्म २ करोड २५ लाखमा कोरोना पुष्टि भएकोमा १ करोड ५३ लाखभन्दा धेरै उपचारपछि निको भएको वल्ड्रोमिटरले जनाएको छ । ७ लाख ९१ हजारको भने ज्यान गएको छ । वल्ड्रोमिटरका अनुसार अहिले उपचार गराइरहेका ६४ लाख ८६ हजारमध्ये एक प्रतिशत अर्थात साढे ६१ हजारको अवस्था जटिल रहे पनि बाँकी ६४ लाखको अवस्था सामान्य छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij