बुटवल
नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज भाद्र शुक्ल द्वितीयादेखि पन्चमीसम्म मनाउने गरिन्छ । द्वितीयाको दिन राती दर खाने, तृतियाको दिन भगवान शिवको व्रत बसेर पञ्चमीको दिन शरीर शुद्ध बनाउनको लागि ३ सय ६५ दतिवनले दात माझेर पन्चमी वा सप्त ऋषिको पूजा गरी तिज पर्व मनाइन्छ ।रातो सारी पहिरीएर वेदनाका भाका गाउंदै माईतीको आगनमा छमछमी नाचगान गर्दै सुख–दुख साटासाट गर्दा महिलाले वर्ष भरी भोगेको व्यथा हल्का भएको महशुस गर्दछन । हिजोका दिनमा अलि तडकभडक पनि हुन्थ्यो । कैयौँ दिनअघिदेखि पार्टी प्यालेसहरूमा भोजभतेर नै चल्थ्यो । यो वर्ष भने कोरोना भाईरस कोभिड १९ ले तिज र तिजका गीतमा प्रभाव पारीरहेको छ ।
बुटवलमा बस्दै आएकी सावी श्रेष्ठ उनको बुटवलमा आफनो सानो व्यसाय छ । सावीका बिहे भएको पन्ध्र बर्ष भइसक्यो। उनको माइती चितवन हो।चितवन उनी प्रत्येक वर्षका तीजमा माइत जान्थिन्। बुवा–आमा, दिदी–बहिनीसँग रमाइलो गरेर तीज पर्व मनाउथिन्। तर, उनले यस वर्ष भने तीज खल्लो भएको बताएकि छन। एकातिर कोरोनाको कहर, लकडाउन। अर्कोतिर भने तीजमा न माइत जान पाइन् श्रेष्ठले माइती परिवार सम्झिदै पाल्पामा घरभित्रै यस वर्षको तीज मनाउने बताइकि छन । उनी भन्छिन माइती जान पाइएन्न रमाइलो भएन यसपालिको तीज खल्लो भयो।त्यस्तै बुटवल मेडिकियर पोलीक्लिनिककी कार्यलय सहयोगी सविना थापा उनको माइत पाल्पा हो सधै उनी तिजको दर खाने पहिलो दिन अफिस बाट बिदा लिइ माइत पुगथिन तर उनी यसपाली जान पाइन्नन उनी भन्छीन । कोरोना भाइरसको महामारीका कारण यस यही आफनो कोठामा नै मनाउछु । नरमाइलो त लाग्ने छ तर पनि चित्त बुझाउन परयो खिन्न मन गराएर भन्छिन । फेन्सी व्यवसाय गरेर बसेकी दिपा पोैडेल भने यसपालीको तिज रमाइलो लागेको छैन। दिपा पोैडेल उनको छोरी छन उनको घर नवलपरासी हो यस पालीको तिजमा उनकी छोरी माइत आउन पाइनन छोरी नै सँगै नभएपछि तीज पनि आए जस्तो लागेको छैन उनी भन्छिन। कश्मिीरा जिसीको बिहे भएको एक बर्ष भएको छैन उनको अहिले उनको बिहे भएपछिको पहिलो तिज स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले टाढा माइत प्यूठान भएकाले त्यति माइत जान नपाउने उनी तिजमा त बिदा जसरी नि मिलाएर जाने भनेकी जान पाइनन उनी भन्छिन आमाले जसरी नि आइज भन्नुभएको थियो तर जान पाइन साह्रै नरमाइलो महसुस भएको छ भनी भावुक भइन ।
यस्ता चेली धेरै छन के गर्ने अहिले अवस्था फेरिएको छ । जुटेर भन्दा पनि छुटेर मनाउने अवस्था छ।पहिले पहिले जुटथ्यौँ अब केही समयका लागि अलिक टाढै बसौँ आफु स्वस्थ्य रहे तिज त अर्को पटक फेरि आइहाल्छ नि ।आफनो शरिरको ख्याल राखौँ । जुटेर भन्दा पनि छुटेर तिज मनाउँ । महामारीका कारण कैयौं महिला दिदीबहिनीहरुको सिंउदो पुछिएको छ कैयौंको काख रीत्तिएको छ, कती टुहुरीएका छन कैयौं क्वारेण्टाईन, आइसोलेशन तथा हस्पिटलको बेडमा कोरोनासंग लडिरहेका छन ।सरकारले चाडपर्व मनाउँदा पाहुना नबोलाउन तथा पाहुना नबन्नका लागि आग्रह गरेको छ । सरकारी कार्यालय होस् या निजी व्यापार, व्यावसाय, विद्यालय, विश्व विद्यालयहरुमा यसले अधिक असर गर्यो । अझ, कति असर गर्ने हो, कुनै भन्ने अवस्था छैन
विश्व स्वास्थ्य संगठनका विज्ञहरुले सामाजिक दूरी कायम गर्दा कोरोनाबाट बच्न सकिने भन्दै पालना गर्न आग्रह गर्दै आएका छन् भने सरकारले पनि स्वास्थ्य मापदण्ड बनाएर लागू गरेको छ । कोरोनाको महामारी भएको अवस्थामा सरकारले जारी गरेका मापदण्ड पालना गर्नु र आग्रहलाई मान्नुआफनो कर्तव्य पनि हो ।
तिज मनाउनको लागि धेरै भीडभाड गरेर तडकभडक देखाएर मात्रै मनाउन सकिने होइन, सुरक्षित तरिकाले सामान्य रुपमा पनि तिज मनाउन सकिन्छ ।मनोरञ्जनका लागि टिभी वा इनटरनेटमा युट्युब जस्ता विभिन्न माध्यम प्रयोग गर्न सकिन्छ । यीनै माध्यमबाट तिजका गीत हेरेर आफनो घर परिवार सगै मनोरञ्जन प्राप्त गर्न सकिन्छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्