काठमाणडौ
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । गएको २४ घण्टामा आठ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या ३० हजार चार सय ८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार पाँच सय ७९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा आठ सय ३८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा दुई सय ५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १८ हजार दुई सय १४ पुगेको छ ।
अब नेपालमा १२ हजार एक सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै १२ हजार दुई सय ३४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ३७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रकाशित मिति : शुक्रबार, भाद्र ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्