सरकारलाई संसदीय समितिको १० हजार भेन्टिलेटर/आइसियू व्यवस्था गर्न निर्देशन

सरकारलाई संसदीय समितिको १० हजार भेन्टिलेटर/आइसियू व्यवस्था गर्न निर्देशन

प्रतिनिधि सभाको कानून न्याय तथा मानवअधिकार समितिले देशका ७७ वटै जिल्ला सदरमुकाममा कोभिड–१९ को पिसिआर परीक्षणको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको भर्चुअल बैठकले कन्ट्याक्ट ट्रेसिङ बढाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ। समितिले स्वास्थ्य मन्त्रालयका निमित्त सचिव रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंह र रोग नियन्त्रण महाशाखाका निर्देशक बासुदेव पाण्डेसँग छलफल गरेको थियो।

बैठकपछि सभापति कृष्णभक्त पोखरेलले दिएको निर्देशनमा सरकारलाई दश हजार भेन्टिलेटर र आइसियू व्यवस्था गर्न सुझाइएको छ। साथै समितिले भेन्टिलेटर सञ्चालन गर्न सक्ने जनशक्ति समेत तत्कालै भर्ना गर्न निर्देशन दिएको छ।

समितिले कोभिड डेडिकेटेड अस्पतालको संख्या वृद्धि गर्ने सुझाएको छ। यदि सम्भव नभए एउटै अस्पतालबाट सेवा सञ्चालन गर्दा आवश्यक सावधानी र उचित सतर्कताको प्रबन्ध मिलाउन निर्देशन दिएको छ।

समितिले निजी अस्पताल र मेडिकललाई समेत राज्यको तर्फबाट स्रोत साधन उपलब्ध गराएर कोरोना उपचारमा प्रयोग गर्नु उचित हुने ठहर गरेको छ।

समितिले कोभिड–१९ को व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन प्रोत्साहन र बीमाको व्यवस्था गर्न समेत सुझाएको छ।

 

प्रकाशित मिति : शुक्रबार, भाद्र ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij