कपिलवस्तु-कपिलवस्तुमा थप ३० जनामा कोरोना पुष्टि भएको छ। यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ४५ पुगेको छ। स्वास्थ्य कार्यालयका अनुसार यो तथ्याङ्क पछिल्लो २४ घण्टाको हो ।
स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमित मध्ये ७ जना प्रहरी, बाणगंंगा नगरपालिकाका ८ जना, बिजयनगरका ६, शुद्धोधन गाउँपालिकाका ४, मायादेबी गाउँपालिका २, शिवराजका २ र बुद्धभूमिका एक जना छन्। बाणगंगा नगरपालिकामा थपिएका मध्ये सबै समुदयस्तका पुरुष हुन् ।
बाणगंगा नगरपालिका वडा नम्बर १ का २ जना, ८ का २ जना तथा २, ३, ४ र ६ का एक एक जना छन् । यद्यपि मायादेवी अनलाइनले भने वाणगंगा भित्र भेटिएका संक्रमितको संख्या यस भन्दा अगाडीकै समाचारमा अपडेट गराइसकेको छ।
बिजयनगर वडा नम्वर ७ का वडा सदस्य, वडा नम्बर १ र ७ का एक एक कृषक, वडा नम्बर २ का बिमा कम्पनीका एक जना, वडा नम्बर ३ का राजनीतिक दलका नेता एक जना, वडा नम्बर ५ का औषधि पसले एक जना छन् । यस्तै शुद्धोधन गाउँपालिकाका २ विद्यार्थी एक गृहणी र एक समुदायका हुन् ।
यसैगरी मायादेबी वडा नम्बर ७ का वडा सदस्य र कृषि विकास बैकका एक कर्मचारी हुन् । शिवराजका एक जना जापान र एक जना भारतबाट फर्केका पुरुष हुन् । यस्तै बुद्धभूमि नगरपालिका–२ का एक जना पुजारीमा पनि कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
प्रकाशित मिति : आइतबार, भाद्र ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्