बुटवल । बिभिन्न अभियोगमा अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएका थुनुवाहरूमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुटवलको हिरासतमा रहेका १३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । हिरासतमा रहेका १३ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएकोमा ३ जना आजै छुट्ने मध्यका रहेको रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले बताए ।
संक्रमित पुष्टि भएका थुनुवा र अन्य थुनुवाको ब्यवस्थापनका बिषयमा जिल्ला प्रहरी कार्यालयमा छलफल जारी रहेको उनले बताए ।
डिएसपी खत्रीका अनुसार थुनुवामा संक्रमण पुष्टि भए लगत्तै उनीहरुको सम्पर्कमा आएका प्रहरी तथा अन्य थुनुवालाई अलग गरिएको छ । थुनुवालाई स्थानीय तहसँग समन्वय गरि आइसोलेसनमा पठाईने छ भने सम्पर्कमा आएका प्रहरीहरुलाई क्वारेन्टिनमा पठाउने तयारी गरिएको छ ।
प्रकाशित मिति : बुधबार, भाद्र १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्