बुटवल-पाल्पाको लुीम्बनी मेडिकल कलेजमा उपचारत एक जना कोरोना संक्रमित महिलाको शुक्रबार मृत्यु भएको छ ।
मेडिकल कलेजको आइसोलेसनमा भर्ना भएकी तानसेन नगरपालिका ८ मदनपोखराकी ३० बर्षीय महिलाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उपचारकै क्रममा गत भदौ ६ गते स्वाब झिकी परिक्षणकालागि पठाइकोमा ७ गते रिर्पोट पोजेटिभ आएको मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेले बताए । अस्पतालका अनुसार ती महिलालाइ मुटुरोगको पनि समस्या थियो । स्वासप्रश्वासमा समस्या भएपछि उनी मेडिकल कलेजमा उपचारकालागि आएकी थिइन । आइसोलेसनमा राखेर उपचार भइरहेकी ती महिलालाइ स्वासप्रश्समा समस्या देखिएपछि शुक्रबार बिहान भेन्टिलेटरमा राखीएको थियो । उनको साँझ साढे ६ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । पाल्पामा यसअघि पुर्वखोला गाँउपालिका १ सिलुवाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । यससंगै प्रदेश नं. ५ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
प्रकाशित मिति : शनिबार, भाद्र १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्