विश्वमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये एक करोड ८६ लाख बढी उपचारपछि घर फर्किएका छन् ।
दुई करोड ६४ लाख ५२ हजार नौ सय ५४ संक्रमितमध्ये एक करोड ८६ लाख ४३ हजार नौ सय ८५ जना सफल उपचारपछि कोरोना जितेर घर फर्किएका हुन् । ६९ लाख ३६ हजार पाँच सय ८० जना संक्रमित उपचाररत रहेकोमा ६० हजार नौ सय ४३ जनाको अवस्था गम्भीर छ ।
एकै दिन दुई लाख ८२ हजार एक सय ५४ नयाँ संक्रमित विश्वमा थपिएका छन् । कोरोनाका कारण आठ लाख ७२ हजार तीन सय ८९ जनाको मृत्यु भइसकेको छ । एकै दिन पाँच हजार सात सय ६७ जनाले ज्यान गुमाए ।
सबैभन्दा बढी कोरोनाले गाँजेको मुलुक अमेरिकामा हालसम्म ३५ लाख ७१ हजार दुई सय ३१ जना उपचारपछि कोरोना पराजित गर्न सफल भएका छन् । अमेरिकामा हालसम्म ६३ लाख ३१ हजार आठ सय ७७ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ४१ हजार एक सय ४० जना नयाँ बिरामी थपिए ।
अमेरिकामा संक्रमितमध्ये २५ लाख ६९ हजार छ सय ८७ जना उपचाररत रहेकोमा १५ हजार एक सय १६ जनाको स्वास्थ्य अवस्था खराब छ । हालसम्म कोरोना संक्रमित एक लाख ९० हजार नौ सय ५९ जनाको अमेरिकामा मृत्यु भइसकेको छ । एकै दिन नौ सय ९५ जनाले ज्यान गुमाए ।
कोरोनाले प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको ब्राजिलमा ३२ लाख ४७ हजार छ सय १० जना संक्रमित उपचारपछि निको भएका छन् । छ लाख ७३ हजार आठ सय ११ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।
ब्राजिलमा हालसम्म ४० लाख ४६ हजार एक सय ५० जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ४४ हजार सात सय २८ संक्रमित थपिए । संक्रमितमध्ये एक लाख २४ हजार सात सय २९ जनाले ज्यान गुमाइसकेका छन् । एकै दिन आठ सय ३० संक्रमितको मृत्यु भएको वाल्डो मिटरले जनाएको छ ।
पछिल्लो समय तीव्र रुपमा कोरोना फैलिएको मुलुक भारतमा संक्रमितमध्ये ३० लाख ३२ हजार नौ सय १६ जना उपचारपछि कोरोना जित्न सफल भएका छन् । आठ लाख ३१ हजार छ सय ३९ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।
एकै दिन ८४ हजार एक सय ५६ जना नयाँ बिरामी थपिएसँगै भारतमा संक्रमित संख्या ३९ लाख ३३ हजार एक सय २४ पुगेको छ । संक्रमितमध्ये ६८ हजार पाँच सय ६९ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार ८३ जनाको मृत्यु भएको वाल्डो मिटरले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्