लायन्स क्लव अफ क्यापिटल र बुद्धभुमीद्धारा फूड बैंक मार्फत थप १६० जनालाई खाद्यान्य वितरण

लायन्स क्लव अफ क्यापिटल र बुद्धभुमीद्धारा फूड बैंक मार्फत थप १६० जनालाई खाद्यान्य वितरण

बुटवल

लायन्स क्लव अफ बुटवल क्यापिटल र लायन्स क्लव अफ बुटवल बुद्धभुमीको सम्युक्त आयोजनामा फूड बैंक’ मार्फत थप १६० जनालाई बुटवल ११ को प्रगतीनगरमा खाद्यान्य वितरण गरिएको छ ।

कोरोना भाईरस (कोभिड–१९) को महामारीबाट प्रभावित भै खानाको अभाव भएकाहरुलाई शुक्रवार बुटवल उपमहानगरपालिका ११ प्रगतीनगरको प्रगती माविको मैदानमा खाद्यान्य वितरण गरिएको हो ।

कोही पनि खानाको अभावमा भोकै बस्न नपरोस भनी संचालित फूड बैंक मार्फत विहिवार देखि गरिव तथा असायहरुलाई खाद्यान्य वितरण गदै आएकोे लायन्स क्लव अफ बुटवल क्यापिटलकी अध्यक्ष रीता केसीले बताउनु भयो ।

खाद्यान्यकोे अभावमा कोही पनि भोकै बस्नु नपरोस भनि संचालन गरिएको फूड बैंक मार्फत विहिवार जस्तै शुक्रवार पनि चामल, दाल, खाने तेल, चिउरा ,विस्कुट, जुस च्याउच्याउ, नुन लगायतका खाद्यान्य वितरण गरिएको लायन्स क्लव अफ बुटवल बुद्धभुमीका अध्यक्ष राजु लिगलले बताउनु भयो ।

समाज सेवीहरु चित्र बहादुर वर्मा , दीपक श्रेष्ठ, शोभाखर पोखरेल ,लायन्स क्लवका जोनचेयर पर्सन गोपाल पाण्डे , प्रगतीनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जित बहादुर मल्ल, लगायतले क्लवले संचालन गरेका सामाजिक कामले लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहात मिलेको धारणा राख्नु भएको क्लवका प्रकास खनालले बताउनु भयो ।

 

प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij