पाल्पा ।
तानसेन–रामपुर सडकअन्तर्गत ताँहु मुडुलीचौपारीमा जिपको ठक्करबाट ६० वर्षीय भुपालसिंह रानाको मृत्यु भएको छ । ना ३ च ८८०८ नम्बरको जिपको ठक्करबाट शनिबार पैदल हिँडेका राना घाइते भएका थिए ।
रानाको प्राथमिक स्वास्थ्य केन्द्र ताँहुमा उपचारको क्रममा निधन भएको प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।
रामपुर खाद्यान्न लिएर जाँदै गरेको जिपले अनियन्त्रित भई रानालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । जिप चालक प्रहरी नियन्त्रणमा छन् ।
प्रकाशित मिति : शनिबार, भाद्र २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्