भदौ २३ गतेबाट उद्योग व्यवसाय सुचारु गर्न पाउनुपर्ने कपिलवस्तुका व्यवसायीको माग

भदौ २३ गतेबाट उद्योग व्यवसाय सुचारु गर्न पाउनुपर्ने कपिलवस्तुका व्यवसायीको माग

कपिलवस्तु-उद्योग व्यवसाय संचालन गर्ने बारे कपिलवस्तुका उद्योगी व्यवसायी एकढिक्का भएका छन् । लामो समयको बन्दाबन्दीले व्यवसाय चौपट भएको हुँदा अब लकडाउन विकल्प नभएको भन्दै जसरी पनि संचालन गर्नुपर्ने एकजुट भएका हुन् ।

जिल्लाका उद्योग वाणिज्य संघहरुको चारनम्बरमा आइतबार बसेको संयुक्त वैठकले जारी बन्दाबन्दीको मोडालिटीमा परिमार्जन गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र सवै स्थानीय तहहरुको ध्यानाकर्षण गराउदै व्यवसाय संचालन गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

कपिलवस्तु उद्योग वाणिज्य संघ चारनम्बर, तौलिहवा उद्योग वाणिज्य संघ, चन्द्रौटा उद्योग वाणिज्य संघले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै भाद्र २३ देखि बन्दाबन्दीको मोडालिटी फेर्न सुझाव दिदै सोही अनुसार गर्न जिल्ला प्रशासनलाई ध्यानाकर्षण गराएका छन् ।

चैत्रदेखिको बन्दाबन्दीले उद्योग व्यवसाय धरासायी बनाएको भन्दै भदौ २३ गते देखि नेपाल सरकारको स्वास्थ्य मापदण्ड अपनाई निर्वाध रुपमा उद्योग व्यवसाय लगायतका क्षेत्रहरु निर्वाध रुपमा सुचारु गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तु तथा जिल्लाका सबै स्थानीय तहको ध्यानाकर्षण गराएको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।

गत चैत्र ११ गतेदेखीको लकडाउनका कारण मानिसको दैनिक जनजीवन, उद्योग÷व्यापार पूर्ण रुपमा प्रभावित भएको छ । दैनिक विहान २ घण्टा मात्र व्यवसाय सञ्चालन गर्दा बढी भिडभाड हुँदा कोरोना संक्रमणको त्रास बढेकाले सवै उद्योग व्यवसाय वित्तिय संस्थाहरु स्वास्थ्य सुरक्षा अपनाई निर्वाध रुपमा संचालन गर्दा जोखिम कम हुने चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलि मियाले बताउनुभयो । बाहिरी आवतजावतलाई कम गरी भौतिक दुरी कायम गरी सुरक्षाका सबै मापदण्ड अपनाई निर्वाध रुपमा उद्योग व्यावसायका सबै क्षेत्र सञ्चालनमा ल्याउनु पर्ने जनाएको छ ।

यस्तै लामो समयको लकडाउनले स्थानीय बजार, उद्योग व्यवसाय अस्तव्यस्त भएकाले अर्थतन्त्र चलायमान बनाउन सवै उद्योग व्यवसाय निर्वाध संचालन गर्नुपर्ने तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीको भनाई छ ।

साथै कोरोना भन्दा पनि अन्य रोगका कारण नियमित जाच गर्नुपर्ने विरामी स्वास्थ्य सुविधाबाट बन्चीत भएकाले स्थानीय प्रदेश तथा केन्द्रमा भएका नीजि तथा सरकारी अस्पतालहरु तत्काल संचालनमा ल्याउन आग्रह गरेको छ ।

साथै विज्ञप्तीमा लामो समयसम्मको बन्दाबन्दी कोरोनाको विकल्प नभएकोले बढि भन्दा बढि समय सरकारी तथा निजी क्षेत्रका सेवा सुचारु गर्दै विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले निर्धारण गरेका मापदण्डलाई अपनाएर व्यवसाय संचालन गर्नुपर्ने जनाएको छ ।

संयुक्त वैठकका संघका अध्यक्षहरु, कपिलवस्तु उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, महाचिव लक्ष्मण अधिकारी, सल्लाहकार विष्णु प्रसाद न्यौपाने, टोपनारायण वेल्वासे, सचिवालय सदस्य डोलकराम घिमिरे, कृष्ण सापकोटा, विनोद पन्त, चन्द्रौटा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ईश्वरी पाण्डे लगाएको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : आइतबार, भाद्र २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij