बुटवल-स्वास्थ्य सेवा विभागका उपचारात्मक स्वास्थ्य महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत पोखरलले बिहीबार (आज) राति आठ बजे घरघरमा दीपावली गर्न आह्वान गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङका क्रममा १ असोज अर्थात आज मनाइने विश्व बिरामी सुरक्षा दिवसका अवसरमा कोरोना नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मीको सम्मानमा घरघरमा दीपावली गर्न आग्रह गरेका हुन् ।
केन्द्र, प्रदेश र स्थानीयस्तरमा स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानका लागि आह्वान गर्दै मनाइने बिरामी दिवसका अवसरमा आज राति आठ बजे दीपावली गर्न आग्रह गरेका हुन् ।
‘सुरक्षित स्वास्थ्यकर्मी सुरक्षित बिरामी’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन उनले आह्वान गरे । सम्पूर्ण देशबासीलाई दीपावली गरेर स्वास्थ्यकर्मी र बिरामीको मनोबल बढाउन उनकाे आग्रह थियो ।
यस्तै कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना गर्न र मृत्यु भएका संक्रमितको चीर शान्तिको कामनाका साथ एक मिनेट मौनधारण गर्दै यो दिवस मनाउन उनको आग्रह छ ।
प्रकाशित मिति : बिहिबार, असोज १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्