बुटवल
सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले नेपाल बिद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमानलाइ पुनः नियुक्ती गर्ने कानुनी प्रावधान तथा व्यवस्था नरहेको बताउनु भएको छ ।
प्रेस संगठन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुर्ननियुक्ति कानुन अनुसार गर्न नमिल्ने बताउनु भएको हो ।
‘कुलमानजिको काम प्रति सरकार सकारात्मक नै छ,तर उहाँलाइ त्यही ठाँउमा पुनः नियुक्ती गर्ने प्रावधान र व्यवस्था नभएकाले कुन जिम्मेबारी दिने भन्नेमा छलफल गर्नेछौं’ मन्त्री ज्ञवालीले भन्नुभयो ।
कुलमानको एक्लो प्रयासले मात्रै देश लोडसेडिङ्ग मुक्त नभएको भन्दै उहाँले कुलमानको कुशल व्यवस्थापन सगै प्रधानमन्त्री ओलीको दुरदर्शिता, उर्जामन्त्रीको प्रयास र योजनाले सम्भव भएको उल्लेख गर्नु भयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले नयाँ नक्सा अनुरुपको नेपाली भुमी फिर्ता गर्नकालागि सरकारले भारतसंग अनौपचारिक छलफल अघि बढाएको बताउनु भयो । कुटनीतिक बार्ता र छलफलबाटै कालापानी,लिम्पियाधुरा लगायत भारतले अतिक्रमण गरेको नेपाली भुमी फिर्ता हुने उहाँले बताउनु भयो ।
प्रकाशित मिति : शुक्रबार, असोज २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्