बुटवल–विश्वमा कोरोना भाइरस संक्रमितमध्ये नौ लाख ६० हजार बढीको मृत्यु भइसकेको वाल्डो मिटरले जनाएको छ ।
२४ घण्टाभित्रमा पाँच हजार एक सय चार जनाले ज्यान गुमाएसँगै मृत्यु हुने संक्रमितको संख्या नौ लाख ६० हजार आठ सय ३४ पुगेको हो । विश्वमा दैनिक पाँच हजार बढी संक्रमितले ज्यान गुमाइरहेका छन् । हालसम्म संक्रमित संख्या तीन करोड नौ लाख ७४ हजार छ सय ५७ पुगेको छ । एकै दिन दुई लाख ८९ हजार दुुई सय ५८ जना नयाँ बिरामी थपिए ।
संक्रमितमध्ये दुई करोड २५ लाख ६९ हजार सात सय १० जना उपचारपछि घर फर्किएका छन् । ७४ लाख ४४ हजार एक सय १३ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ६१ हजार तीन सय ९८ जनाको अवस्था चिन्ताजनक छ ।
कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म दुई लाख तीन हजार आठ सय २४ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा छ सय ५७ जनाको ज्यान गयो । अमेरिकामा संक्रमित संख्या ६९ लाख ६७ हजार दुई सय २४ पुगेको छ । एकै दिन ४२ हजार तीन सय ५४ संक्रमित थपिए ।
४२ लाख १७ हजार नौ सय ३९ जना उपचारपछि घर फर्किएका छन् । २५ लाख ४५ हजार उपचाररत रहेकोमा १४ हजार एक सय २० जनाको अवस्था गम्भीर छ ।
कोरोनाबाट प्रभावित मुलुकमध्ये दोस्रो नम्बरमा रहेको भारतमा ८६ हजार सात सय ७४ संक्रमितको मृत्यु भइसकेको छ । एकै दिन एक हजार एक सय ४९ जनाले ज्यान गुमाए । केही दिनयता भारतमा दैनिक मृत्यु हुने संक्रमितको संख्या एक हजार बढी छ ।
हालसम्म ५३ लाख ९८ हजार दुई सय ३० जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ९२ हजार सात सय ५५ जना नयाँ संक्रमित थपिए । ४२ लाख ९९ हजार सात सय २४ संक्रमित उपचारपछि कोरोना जित्दै घर फर्किएका छन् । १० लाख ११ हजार सात सय ३२ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।
ब्राजिलमा कोरोनाका कारण एक लाख ३६ हजार पाँच सय ६५ जनाले ज्यान गुमाइसकेका छन् । २४ घण्टाभित्रमा सात सय आठ संक्रमितको मृत्यु भयो । एकै दिन ३० हजार नौ सय १३ जना नयाँ बिरामी थपिएसँगै ब्राजिलमा संक्रमित संख्या ४५ लाख २८ हजार तीन सय ४७ पुगेको छ ।
३८ लाख २० हजार ९५ जनाको उपचार सम्भव भएको छ । पाँच लाख ७१ हजार छ सय ८७ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ को स्वास्थ्य अवस्था खराब छ ।
प्रकाशित मिति : आइतबार, असोज ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्