JanataToday.com

Advertisment

SKIP THIS

नौ लाख ६० हजार बढी संक्रमितको मृत्यु

नौ लाख ६० हजार बढी संक्रमितको मृत्यु

बुटवल–विश्वमा कोरोना भाइरस संक्रमितमध्ये नौ लाख ६० हजार बढीको मृत्यु भइसकेको वाल्डो मिटरले जनाएको छ ।

२४ घण्टाभित्रमा पाँच हजार एक सय चार जनाले ज्यान गुमाएसँगै मृत्यु हुने संक्रमितको संख्या नौ लाख ६० हजार आठ सय ३४ पुगेको हो । विश्वमा दैनिक पाँच हजार बढी संक्रमितले ज्यान गुमाइरहेका छन् । हालसम्म संक्रमित संख्या तीन करोड नौ लाख ७४ हजार छ सय ५७ पुगेको छ । एकै दिन दुई लाख ८९ हजार दुुई सय ५८ जना नयाँ बिरामी थपिए ।

संक्रमितमध्ये दुई करोड २५ लाख ६९ हजार सात सय १० जना उपचारपछि घर फर्किएका छन् । ७४ लाख ४४ हजार एक सय १३ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ६१ हजार तीन सय ९८ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म दुई लाख तीन हजार आठ सय २४ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा छ सय ५७ जनाको ज्यान गयो । अमेरिकामा संक्रमित संख्या ६९ लाख ६७ हजार दुई सय २४ पुगेको छ । एकै दिन ४२ हजार तीन सय ५४ संक्रमित थपिए ।

४२ लाख १७ हजार नौ सय ३९ जना उपचारपछि घर फर्किएका छन् । २५ लाख ४५ हजार उपचाररत रहेकोमा १४ हजार एक सय २० जनाको अवस्था गम्भीर छ ।

कोरोनाबाट प्रभावित मुलुकमध्ये दोस्रो नम्बरमा रहेको भारतमा ८६ हजार सात सय ७४ संक्रमितको मृत्यु भइसकेको छ । एकै दिन एक हजार एक सय ४९ जनाले ज्यान गुमाए । केही दिनयता भारतमा दैनिक मृत्यु हुने संक्रमितको संख्या एक हजार बढी छ ।

हालसम्म ५३ लाख ९८ हजार दुई सय ३० जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ९२ हजार सात सय ५५ जना नयाँ संक्रमित थपिए । ४२ लाख ९९ हजार सात सय २४ संक्रमित उपचारपछि कोरोना जित्दै घर फर्किएका छन् । १० लाख ११ हजार सात सय ३२ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा कोरोनाका कारण एक लाख ३६ हजार पाँच सय ६५ जनाले ज्यान गुमाइसकेका छन् । २४ घण्टाभित्रमा सात सय आठ संक्रमितको मृत्यु भयो । एकै दिन ३० हजार नौ सय १३ जना नयाँ बिरामी थपिएसँगै ब्राजिलमा संक्रमित संख्या ४५ लाख २८ हजार तीन सय ४७ पुगेको छ ।

३८ लाख २० हजार ९५ जनाको उपचार सम्भव भएको छ । पाँच लाख ७१ हजार छ सय ८७ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ को स्वास्थ्य अवस्था खराब छ ।

प्रकाशित मिति : आइतबार, असोज ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij