सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै

सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै

बुटवल-यसअघि स्थगित गरिएको सत्तारुढ नेकपाको सचिवाल बैठक आज (आइतबार) बस्दै छ ।

यसअघि शुक्रबार बस्ने भनिएको बैठक अचानक स्थगित गरिएको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अधिकार पाएपछि पहिलो पटक बैठक बस्न लागेको हो । यसअघि धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक अहिले भने पेरिसडाँडामा बोलाइएको छ ।

नेताहरुले गत भदौ २६ मा स्थायी समितिले गरेका निर्णय कार्यान्वयनबारे सचिवालय बैठकमा छलफल हुने जानकारी दिएका छन् । साथै पार्टी र सरकारका कामकारवाहीबारे पनि बैठकमा समीक्षा हुने भएको छ ।

बालुवाटारमा बसेको २६ भदौको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट पार्दै पार्टी र सरकारको कामलाई संस्थागत ढंगले अघि बढाउन समन्वय गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : आइतबार, असोज ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij