JanataToday.com

Advertisment

SKIP THIS

विश्वमा संक्रमित संख्या तीन करोड १५ लाख नजिक

विश्वमा संक्रमित संख्या तीन करोड १५ लाख नजिक

बुटवल– विश्वमा कोरोना भाइरस संक्रमितको संख्या तीन करोड १५ लाख नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख २४ हजार एक सय १४ नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या तीन करोड १४ लाख ६९ हजार चार सय ९७ पुगेको हो । कोरोनाका कारण नौ लाख ६८ हजार आठ सय ५८ जनाको मृत्यु भइसकेको छ । एकै दिन तीन हजार नौ सय ७३ जनाको ज्यान गयो ।

दुई करोड ३० लाख ९२ हजार आठ सय १७ जना उपचारपछि घर फर्किएका छन् । ७४ लाख सात हजार आठ सय २२ जना उपचाररत रहेकोमा ६१ हजार छ सय ८४ जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा संक्रमित संख्या ७० लाख नाघेको छ । एकै दिन ३४ हजार चार सय ९८ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ७० लाख ४४ हजार तीन सय ४२ पुगेको हो । अमेरिकामा ज्यान गुमाउने संक्रमित संख्या दुई लाख चार हजार चार सय ६० पुगेको छ ।

संक्रमितमध्ये ४२ लाख ९५ हजार सात सय ७६ जना उपचारपछि निको भएका छन् । २५ लाख ४४ हजार एक सय छ जना उपचाररत रहेकोमा १४ हजार पाँच जनाको अवस्था चिन्ताजनक छ ।

भारतमा एकै दिन ७४ हजार चार सय ९३ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ५५ लाख ६० हजार एक सय पाँच पुगेको छ । ज्यान गुमाउने संक्रमित ८८ हजार नौ सय ६५ छन् । एकै दिन एक हजार ५६ जनाको मृत्यु भयो ।

४४ लाख ९४ हजार सात सय २० जना उपचारपछि घर फर्किएका छन् । नौ लाख ७६ हजार चार सय २० जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा संक्रमित ४५ लाख ६० हजार ८३ पुगेका छन् । एक लाख ३७ हजार तीन सय ५० जना संक्रमितले ज्यान गुमाइसकेको वाल्डो मिटरले जनाएको छ । एक दिनमा चार सय ५५ जनाको ज्यान गयो ।

३८ लाख ८७ हजार एक सय ९९ जना उपचारपछि कोरोना जित्दै घर फर्किएका छन् । पाँच लाख ३५ हजार पाँच सय ३४ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : मंगलबार, असोज ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij