रूपन्देहीको सियारीमा सहजीकरण मार्फत विद्यालयमा सम्पर्क कक्षा संचालन

रूपन्देहीको सियारीमा सहजीकरण मार्फत विद्यालयमा सम्पर्क कक्षा संचालन

रुपन्देही- रुपन्देहीको सियारी गाउँपालिकामा सहजीकरण मार्फत विद्यालयहरूमा सम्पर्क कक्षा संचालन भएको छ । पहिलाे चरणमा आंशिक रुपमा विद्यार्थीहरुलाई विद्यालयमा पढ्ने वातावरण मिलाईएको गाउँपालिकाले जनाएको छ । कोरोना भाइरसका कारण विगत ६ महिना देखि विद्यालयहरु बन्द भएको र शिक्षा क्षेत्र प्रभावित भएकाेले सोमबार देखि सहजीकरण गर्ने तरिकाले बैकल्पिक रूपमा ६ देखि १० कक्षा सम्म सम्पर्क कक्षा संचालन गरिएकाे गाउँपालिका अध्यक्ष अयाेध्या थारूले बताउनुभयो । विद्यार्थीहरुलाई सहजीकरण मार्फत उनिहरुको स्वास्थ्यलाई ध्यान दिएर स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै विद्यालयमा पढाई सुरु गरिएको उहाँले जानकारी दिनुभयो । याे विधि प्रभावकारी भए यसलाई निरन्तरता दिईने उहाँको भनाई छ ।
कक्षामा उपास्थित हुँदा शिक्षक र विद्यार्थीहरुले अनिवार्य रुपमा मास्क लागउनु पर्ने, सावुन पानीले हात धुनु पर्ने, विद्यालयमा सेनेटाइजरको प्रयोग गर्नु पर्ने, भौतिक दुरी कायम गरी एक बेंचमा दुई जना मात्र विद्यार्थी बस्नु पर्ने लगाएतकाे स्वास्थ्य सुरक्षाकाे ब्यवास्था मिलाईएको सियारी गाउँपालिका शिक्षा शाखा प्रमुख सुधीर पौडेलले बताउनु भयो । विद्यालयमा विहान १० वजे देखि ३ बजे सम्म आंशिक रुपमा अध्ययन हुनेछ । उहाँले भन्नू भयाे – ” सहजीकरण मार्फत सम्पर्क कक्षा संचालनका क्रममा नियमित कक्षा जस्तो प्रार्थन तथा अन्य कार्य भने हुने छैन, स्वास्थ्य सुरक्षा अपनाएर हामीले कक्षा संचालन गरेका छाैं । अभिभावक, शिक्षक र जनप्रतिनिधिको सल्लाह र कार्यपालिका बैठककाे निर्णय अनुसार सहजीकरण मार्फत सम्पर्क कक्षा संचालन गरेका हाैं । ” यसरी अध्ययन गरेका विद्यार्थीहरुलाई सहजीकरण तथा प्रयोगत्मक अध्ययनबाट २० अंक, अभिभावकको भुमिका मुल्यङ्कनबाट ५, विद्यार्थी उपस्थिती ४ र सरसफाई वापत एक नम्बर गरी जम्मा ३० नम्बरको पुर्णङ्क रहने व्यवस्था मिलाईएकाे उहाँले जानकारी दिनु भयो । काेराेना भाइरसकाे जाेखिमकाे अवस्थ हेरी नियमित कक्षा र १ देखि ५ कक्षा सम्मकाे पढाइ बारे छलफल गरी संचालन गर्ने वा नगर्ने बारे निर्णय गरिने गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता अमृता गुरूङले बताउनु भयाे । गाउँपालिकामा बैकल्पिक विधिबाट संस्थागत तथा निजी विद्यालयका विद्यार्थीहरूलाई यस अघि देखि नै पढाइ भैरहेका छन् ।

प्रकाशित मिति : बुधबार, असोज ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij