बुटवल-अपांग बाल अस्पताल तथा सक्षम परियाेजना बुटवलले अाफ्नाे दाेस्रो अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । मायादेवि गाउपालिका पछि बिहिबार भैरहवा नमुना मा वि मा अाफ्नाे कार्यक्रम सम्पन्न गरेकाे हाे । सिद्वार्थनगर नगरपालिका रूपन्देहीका सामुदायिक विधालयका प्राध्यानाध्यापक तथा शिक्षकहरूकाे उपस्थितिमा अपाङ्गता तथा उनिहरूका अधिकार र समावेशीकरणकाे विषयमा छलफल गरिएकाे थियाे । भैरहवा नमूना मा विका प्र.अ.चुर्ण प्रसाद पाण्डेले अपांग मैत्रि भनिए पनि सबै विधालयहरूले अपांग मैत्रि भवन तथा सहज वातावरण नबनाएकाेले यस तर्फ ध्यान दिनु पर्ने बताए । साथै पाण्डेले सक्षम परियाेजना तथा एचअार डि िसकाे सहयाेगबाट अाफ्नाे विधालयमा धेरै सुधार अाएकाे बताए । सक्षम परियाेजना तथा सिबि एमकाे अार्थिक सहयाेग सम्पन्न कार्यक्रममा एचअार डिसिका पुनस्थापना सहायक तुल्सिराम अाेलिले अपांग बाल अस्पताल र यस कार्यक्रम बारे प्रकाश पारेका थिए । यस्तै संस्थाका बुटवल शाखा सुपरभाइजर दिप न्याैपानेले अपांगताकाे परिभाषा, प्रकार, अपांगता हुने कारण र यसकाे राेकथामका उपायहरूबारे प्रशिक्षण गरेका थिए । साथै कार्यक्रममा समुदायमा अाधारित समावेशि विकासकाे बारेमा समेत छलफल गरिएको थियाे । यस्तै संस्थाद्वारा नमुना मा .विका छात्र अाकाश पासिलाई शैक्षिक सामाग्री समेत हस्तान्तरण गरिएकाे थियाे । कार्यक्रम सि न पाका शिक्षा शाखा प्रमुख चेतनशिल लम्सालकाे अध्यक्षतामा र २५जना शिक्षक शिक्षिकाकाे सहभागितामा सम्पन्न भएकाे थियाे ।
प्रकाशित मिति : बिहिबार, असोज ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्