कावासोती – बुटवल नारायणगढ सडक खण्ड अन्तरगत नवलपरासीको दाउन्नेमा खसेको पहिरोको कारण अवरुद्ध सडक शुक्रबार विहानबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार हिजो विहान ४ बजेदेखि अवरुद्ध सडक आज विहान साढे ४ बजेबाट सञ्चालनमा आएको हो ।
दाउन्नेको विश्वकर्मा बाबा मन्दिर नजिकै पहिरो गएको छ । पहिरोमा हिजो साँझ एउटा बस पुरिंदा एक जनाको निधन भएको थियो भने १७ जना घाइते भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, असोज ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्