बुटवल
नेपाली युवा उद्यमी मञ्च रुपन्देही शाखाले स्थापनाको छठौ बार्षिक उत्सव विभिन्न रचनात्मक काम गरेर मनाएको छ । वि.स. २०७० सालमा बुटवल उधोग बाणिज्य सघं को सरक्षंकत्वमा स्थपना भएको नेपाली युवा उद्यमी मञ्च रुपन्देही ले शुभकामना आदान प्रदान का सगै विभिन्न कार्यहरु गरेको हो । १० जना सदस्यबाट रुपन्देहीमा सुरुवात भएको नेपाली युवा उद्यमी मञ्च रुपन्देहीमा हाल ६६ जना सदस्यहरु आवद्ध भएका छन ।
बुटवलमा एक कार्यक्रमको आयोजना गरी मञ्चले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै बुटवल उधोग बाणिज्य संघ का अध्यक्ष खेम हमाल अवको आर्थिक क्रान्ति युवाहरुबाट मात्रै संभव भएको भन्दै सोही अनुसारको काम गर्नको लागि आग्रह गरे । उनले युवा एकता नै युवा आवश्यकता रहेको समेत बताएका थिए ।
मञ्चका निर्वतमान बर्तमान अध्यक्ष संदिप कसौधनले रुपन्देही शाखालाई २०१९ को कार्यकालमा बेस्ट अवार्डले चिनाएको र आगामी दिनमा पनि यस्तै प्रकृतिको काम गर्ने बताएका थिए । मञ्च रुपन्देही ले २०७२ सालको भुकम्प को बेला १ लाख डलर को सहयोग गरेको थियो । यस्तै हाल विश्वप्यापी रहेको कोरोना महामारीमा आइसोलेसन बनाउन लागि सहयोग समेत गरेको छ ।
नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्याटर अध्यक्ष उमेश अमात्यले युवा बर्गलाईलाई उधोग स्थापना गर्नकोलागी मोटीबेशन तालीम र बिउ पुँजी ,फाइनान्स लागी सधै पुलको काम गर्दै उद्यमशीलता बिकास गर्न बताए । आफ्नो कार्यकाल नमुना बनाउने भन्दै उनले यसको लागि सबैको सहयोग र साथ आवश्यक रहेको समेत धारणा राखेका थिए ।
मञ्च रुपन्देहीका निर्वतमान अध्यक्ष सन्दीप कसौधनले आनो कार्यकालमा साहयोग गर्ने सदस्यहरुलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमा नेपाल उधोग बाणिज्य महासघं केन्द्रीय सदस्य सरेन्द्र कुमार श्रेष्ठ, बुटवल उधोग बाणिज्य संघका पूर्व अध्यक्ष महेशमान सिंह, मञ्च रुपन्देहीका संस्थापक अध्यक्ष आनन्द ओझा, एनजिसि च्याटर भिपि सुमोदमान सैजु लागएत ले आ आफ्नो धारणा राखेका थिए । सोही कार्यक्रममा गत एक साता सम्म विभिन्न स्थानमा भोको रहेका मजदुरहरुलाई खाना खुवाउने विशाल श्रेष्ठलाई खानाबापत खर्च भएको रकमको चेक प्रदान गरि उक्त कार्यक्रमको स्वामित्व ग्रहरण संस्थाले गरेको थियो । यस्तै विगत ६ बर्ष देखि मञ्चले गर्दै आएको कार्यक्रमको विषयमा भिडियो डकुमेन्ट्री मार्फत जानकारी गराईएको थियो भने मञ्चको वेभसाईट समेत लञ्च गरिएको थियो । कार्यक्रमा संचालन युवा उद्यमी मञ्च रुपन्देहीका प्रथम उपाध्यक्ष प्रदिप शाक्य गरेका थिए ।
प्रकाशित मिति : बुधबार, असोज १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्