वामदेव गौतम विरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुँदै

वामदेव गौतम विरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

प्रतिनिधिसभाको चुनावमा हारेका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रियसभा सदस्यको जिम्मेवारीबाट हटाउन तथा मन्त्री र अन्य संवैधानिक पदमा नियुक्ती नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

रिटमाथि आज प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जवरासहित न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासमा पूर्ण सुनुवाइ हुँदैछ । अधिवक्ता त्रिपाठीले असोज ४ गते राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय सभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी रिट दायर गरेका गर्नुभएको थियो ।

यसअघि सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले वामदेव गौतमलाई थप जिम्मेवारी नदिन अन्तरिम आदेश दिइसकेको छ ।

प्रकाशित मिति : बुधबार, असोज १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij