बसपार्कमा सेनिटाइज गेट निर्माणमा रोटरीको सहकार्य

बसपार्कमा सेनिटाइज गेट निर्माणमा रोटरीको सहकार्य

 

बुटवल

रोटरी क्लव अफ बुटवलले बुटवल उपमहानगरपालिका र पश्चिम नेपाल बस व्यवसायी प्रालिसँगको सहकार्यमा लुम्बिनी बस टर्मिनलमा सेनिटाइज गेट निर्माण गरेको छ । कोरोना भाइरस (कोभिड १९) बाट यात्रुहरुलाई सुरक्षित गराउने उद्देश्यले बसपार्कमा सेनेटाइज् (निसंक्रमीकरण) गेट निर्माण गरिएको हो ।

अव बुटवल बसपार्कबाट छुट्ने लामो तथा छोटो दूरीका बसलाई निसंक्रमीत गरी सञ्चालन गरिने छ । त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कोभिड १९ बाट बच्न रोटरीले सेनिटाइज गेट निर्माणमा सहकार्य गरेकोमा धन्यवाद दिए । क्लवका अध्यक्ष सुनिल श्रेष्ठले यसबाट कोरोना भाइरसको संभावित जोखिमबाट यात्रुहरुलाई जोगाउन सकिने उद्देश्यले उपमहानगरपालिका र बस समितिसँग सहकार्य गरी सेनिटाइन गेट निर्माण गरिएको जानकारी दिए । उनले क्लव सधै सामाजिक काममा अग्रसर रहेको भन्दै अव छिटै नै मानव सेवा आश्रममा रहेकाहरुका लागि खाना खुवाउने कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक नारायण घिमिरेले यात्रुहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै उपमहानगरपालिका र रोटरी क्लवसँग मिलेर गरिएको यो काम सह्रानीय रहेको बताए । सेनिटाइज गेट निर्माणमा एसके ट्रेडिङले प्राविधिक सहयोग गरेको छ ।

प्रकाशित मिति : बुधबार, असोज १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij