नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ८२ हजार ४८५ पुगेको छ ।
शुक्रबार थप २७ सय २२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ८२ हजार ४८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ७३९ जनाको परीक्षणमा थप २७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ ।
आज थप ३३ सय ७ संक्रमित कोरोना डिस्चार्ज भएसँगै यससँगै कोरोनामुक्त हुनेको संख्या ६० हजार ६९६ पुगेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार कुल संक्रमितमध्ये ७३.६ प्रतिशतले कोरोना जितेका हुन् ।
शुक्रबार थप ११ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ५२० पुगेकाे छ ।
प्रकाशित मिति : शुक्रबार, असोज १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्