प्रदेश सभामा प्रस्ताव पेश गरेपछि मात्रै प्रदेश ५ को राजधानीको बिषयमा छलफल गर्न नेकपा संसदीय दलको बैठक

प्रदेश सभामा प्रस्ताव पेश गरेपछि मात्रै प्रदेश ५ को राजधानीको बिषयमा छलफल गर्न नेकपा संसदीय दलको बैठक

बुटवल,
दाङको देउखुरी क्षेत्रमा राजधानी तोक्ने प्रस्ताव प्रदेश सभा पेश गरिसकेपछि नेकपा प्रदेश संसदीय दललले सो प्रस्तावमा सहमति जुटाउने प्रयास गरेको छ ।

प्रदेश ५ सरकारले प्रदेश सभामा पेश गरेको दोस्रो दिन शनिबार प्रस्तावमा सहमति जुटाउन नेकपा प्रदेश संसदीय दलको बैठक बोलाएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलको निवास डिभिजन सडक कार्यालय परिसरमा बिहान करिब सवा ८ बजेदेखि बैठक बसिरहेको नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।
बैठकले प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको प्रस्तावका बिषयमा छलफल गरी निर्णयमा पुग्ने जनाइएको छ ।

नेकपाले संसदीय दलको बैठकमा सबै प्रदेशसभा सदस्यलाई अनिवार्य उपस्थितिका लागि खबर गरेको छ ।

पूर्व लुम्बिनी अञ्चल क्षेत्रका प्रदेशसभा सदस्यहरुले भौतिक पूर्वाधार नै नभएको स्थानमा राजधानी तोक्नु भूगोल र नागरिकको मर्म विपरीत भएको भन्दै पुनर्विचार गर्न आग्रह गरेका छन् ।

दाङको देउखुरी उपत्यकामा प्रदेशको स्थायी राजधानी बनाउन प्रदेश सरकारले प्रदेश सभामा प्रस्ताव पेश गरे लगत्तै कांग्रेस प्रदेश सभा सदस्यहरुले बिरोध जनाएका थिए बुटवल लगायत रुपन्देहीका बिभिन्न ठाउमा बिरोध प्रदर्शनहरु भएका थिए ।

प्रदेश सरकारले शुक्रबार दाडको देउखुरी क्षेत्रमा राजधानी तोक्ने प्रदेश सभामा प्रस्ताव पेस गरेको थियो । नेकपा सदस्यहरु एक भएर मतदान गरे प्रस्ताव पारित हुनेछ ।

प्रदेश ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६१, विपक्षी नेपाली कांग्रेसका १९,मधेस केन्द्रित दलका ६,राष्ट्रिय जनमोर्चाका १ सहित ८७ जना सांसद रहेका छन् ।

प्रकाशित मिति : शनिबार, असोज १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij