प्रदेशको स्थायी राजधानी दाङ बनाउने प्रस्तावविरुद्ध तिलोत्तमा कांग्रेसकाे प्रदर्शन

प्रदेशको स्थायी राजधानी दाङ बनाउने प्रस्तावविरुद्ध तिलोत्तमा कांग्रेसकाे प्रदर्शन

बुटवल-प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्ताव अघि बढेपछि नेपाली कांग्रेस तिलोत्तमा नगर समिति आन्दोलनमा उत्रिएको छ ।

शुक्रबार प्रदेशसभा बैठकमा राजधानी र नामकरण निर्धारणसम्बन्धी कार्यविधि पेस गरेर प्रस्ताव अगाडि बढाएपछि कांग्रेसका कार्यकर्ताले तिलोत्तमाको मणिग्राम चोकमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।


शेरबहादुर देउवा नेतृत्वको सरकारले रुपन्देहीलाई अस्थायी राजधानी तोकेकोले स्थायी राजधानी सोही ठाउँलाई बनाउनु पर्ने कांग्रेसको माग छ ।

विरोध कार्यक्रममा तरुण दल नगर सभापति खिम क्षेत्री, नेपाल महिला संघ रुपन्देही सभापति गंगा शाही, प्रदेश सभा सदस्य रमा अर्याल, नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, नगर सचिव शिव गैरे लगायतले बोल्दै रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव तत्काल रोक्न माग गरेका थिए ।

प्रकाशित मिति : शनिबार, असोज १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij