सार्कका शिक्षामन्त्रीबीच कोभिड-१९ पछिको शिक्षाबारे समीक्षा

सार्कका शिक्षामन्त्रीबीच कोभिड-१९ पछिको शिक्षाबारे समीक्षा

काठमाडौं – दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरका शिक्षामन्त्रीले कोभिड-१९ पछि शिक्षा क्षेत्रमा प्रभाव र सूचना तथा सञ्चारको प्रयोगबाट सिकाइ निरन्तरता पहलबारे अनुभव आदानप्रदान गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालय र सार्क सचिवालयको सहकार्यमा बिहीबार आयोजित भर्चुअल बैठकमा मुलतः दुर्गम क्षेत्रमा सिकाइ सहजीकरण, शैक्षिक संस्था पुनःसञ्चालन, शैक्षिकसत्रको कार्यान्वयन, शिक्षण सिकाइ सामग्री विकास, सार्वजनिक परीक्षाको व्यवस्थापन तथा शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगजस्ता विषयमा छलफल भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

शिक्षासम्बन्धी दिगो विकासको लक्ष्य र सार्क कार्ययोजना खाकाको कार्यान्वयनको विषयमा पनि छलफल भएको बैठकमा कोभिड-१९ लगायत सबै प्रकारका महामारीमा आगामी दिनमा पारस्परिक सहयोग अझ मजबुत गराउने तथा सार्क सदस्य राष्ट्रबाट विकास गरिएका विद्युतीय सामग्रीको प्रयोग र उच्च शिक्षामा फ्याकल्टी विकासजस्ता कार्यहरूमा सहकार्य गर्न सकिने जनाइएको थियो ।

बैठकको अध्यक्षता गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड-१९ जस्ता महामारीबाट शिक्षा क्षेत्रले व्यहोर्नुपर्ने चुनौतीको सामना गर्न यस प्रकारको बैठकले क्षेत्रीयस्तरमा सामूहिक तत्परताको विकास गर्ने कुरामा जोड दिएका थिए । –रासस

प्रकाशित मिति : शुक्रबार, असोज २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij