विश्व बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा कोरोना भाइरस र त्योसँगै आएको समस्याका कारण सन् २०२१ को अन्त्यसम्म विश्वका १५ करोड मानिस अति गरिबीतर्फ धकेलिने सक्ने चेतावनी दिएको हो । गरिबी वृद्धिको यो दर २० वर्षपछिकै सबैभन्दा बढी हो ।
विश्व बैंक समूहका अध्यक्ष डेभिड मालपासले महामारी र विश्वव्यापी मन्दीले विश्वको १.४ प्रतिशतभन्दा बढी जनसंख्या चरम गरिबीमा पर्न सक्ने बताएका छन् । विकासको प्रगति र गरिबी न्यूनीकरणमा आएको गम्भीर अवरोध उल्ट्याउन कोभिडपछिको अर्थतन्त्रको तयारी गर्नका लागि नयाँ व्यवसाय र क्षेत्रमा पूँजी, श्रम, सीप र नवीनतालाई अनुमति दिन आवश्यक रहेको उनको भनाइ छ ।
विश्व बैंकको ‘गरिबी र साझा समृद्धि रिपोर्ट’ मा सन् २०२० मा ९.१ प्रतिशतदेखि ९.४ प्रतिशतसम्म व्यक्ति चरम गरिबी (दैनिक १.९ डलरभन्दा कम आम्दानी भएका) बाट प्रभावित हुने जनाइएको छ । महामारी सुरु नभएको भए गरिबी ७.९ प्रतिशतले घट्ने अनुमान विश्व बैंकको थियो ।
पहिले नै उच्च गरिबी दर भएका देश थप प्रभावित हुने बताइएको छ । मध्यम आय भएका देशमा पनि धेरै व्यक्ति चरम गरिबीको रेखाभन्दा तल खस्ने कारण चरम गरिबीमा पर्नेमध्ये ८२ प्रतिशत जनसंख्या मध्यम आय भएका देशबाट हुने अनुमान गरिएको छ । २०१७ को नयाँ गरिबी तथ्यांकले सन् २०१५ देखि २०१७ बीच ५ करोड ५० लाख मानिस गरिबीबाट बाहिर निस्किएको देखाएको छ ।
प्रकाशित मिति : मंगलबार, असोज २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्