कञ्चनमा कोरोना संक्रमित एक जनाको मृत्यु

कञ्चनमा कोरोना संक्रमित एक जनाको मृत्यु

कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकामा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । कञ्चन गाउपालिका वडा नं। १ का ५२ बर्षिय दीपक पुनको उपचारको क्रममा आज मृत्यु भएको हो । भैरहवा स्थित भिम अस्पतालमा मधुमेह,उच्च रक्तचाप र मृगौलामा देखिएको समस्याका कारण उपचारको लागि भर्ना हुनु भएका पुनको स्वाव परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको र सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको कञ्चन गाउपालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले जानकारी दिनु भएको छ।
स्वास्थ्य शाखा प्रमुख गौतमका अनुसार स्वर्गिय पुनको शरीरमा देखिएको उच्च रक्तचापका कारण बिरामी भई परिवारले उपचारका लागि भिम अस्पताल भैरहवा भर्ना गर्नु भएको र उपचारका क्रममा निजको स्वाव परिक्षण गर्दा पुनमा कोरोना भाइरसको संक्रमण समेत पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यलय भैरहवाले जानकारी दिएको बताउनु भएको छ। दीपक पुनको मृत्युसंगै कञ्चनमा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। स्वर्गिय दीपक पुन कञ्चनको एक मात्र नमुना बिधालय प्रगती नमुना माध्यमिक विधालयको ब्यबस्थापन,बेलभरियाको समितिको अध्यक्ष हुनुहुन्थ्यो ।
यसैगरी स्वास्थ्य शाखा प्रमुख गौतमले दिनु भएको जानकारी अनुसार पछिल्लो पटक कञ्चनमा ५ जना स्वास्थ्यकर्मी सहित १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कञ्चनमा हाल सम्म ८९ जनामा कोरोना संक्रमण पष्टि भएकोमा ७४ जना निको भएका छन भने १४ जना होम आइसोलेसनमा हुनुहुन्छ र एक जनाको मृत्यु भएको छ। यसैगरी छिमेकी देश भारत लगायत तेश्रो मुलुकबाट घर आउनु भएका ८५ जना होम क्वारेन्टाइनमा हुनुहुन्छ ।

प्रकाशित मिति : बिहिबार, असोज २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij