दाङ ।
लुम्बिनी प्रदेशमा चाडपर्व दशैँ (खर्च) खर्चको व्यवस्था गरिएको छैन । अहिले जनप्रतिनिधि र चाडपर्वको खर्चको चर्चा भइरहेको अवस्थामा लुम्बिनी प्रदेशका पालिकाका जनप्रतिनिधिलगायत मुख्यमन्त्री, मन्त्री, सभामुख, प्रदेश सभा सदस्य कसैले पनि अहिलेसम्म चाडपर्व खर्च लिएका छैनन् ।
‘यो साढे दुई वर्षको अवधिमा प्रदेश सरकारले बलियो जग हाल्न सफल भएको छ । यो अवधिमा आवधिक योजना निर्माण गर्दै त्यही आधारमा बजेट निर्माणको काम प्रारम्भ भएको छ’, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘यतिखेर जनप्रतिनिधि र चाडपर्व खर्चको बारेमा चर्चा हुन थालेको छ ।
लुम्बिनी प्रदेश सरकारले माननीय मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सभाका सभामुख, प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिका लागि चाडपर्व खर्चको प्रबन्ध गरेको छैन ।’
यहीअनुसार माननीय मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सभाका सभामुख, प्रदेश सभा सदस्यहरु र पालिकाका जनप्रतिनिधिहरुले अहिलेसम्म चाडपर्व खर्च (दशैँ खर्च) नलिएको विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति : सोमबार, कार्तिक ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्