रुपन्देहीमा बिहीबार थप २ जना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा बिहीबार थप २ जना कोरोना संक्रमितको मृत्यु

बुटवल ।
रुपन्देहीमा बिहीबार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको कन्चन गाउँपालिका ३ की ४८ वर्षीया महिला रहेकी छन् ।

उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा बिहीबार मृत्यु भएको हो ।

उनका अनुसार कात्तिक ४ गते लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिक मा भर्ना भएकी ती महिलाको ४ गते स्वाब पठाइएकामा बिहीबार बिहान पोजिटिभ नतिजा आएको र बिहान नै मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

ती महिलामा ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको डा। गौतमले बताए ।

त्यसैगरी रुपन्देहीको देवदह नगरपालीकामा होम आइसोलेसनमा बसेकी एक संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह–८ की ७७ वर्षीया महिला रहेको देवदह नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले बताए ।

कार्तिक २ गते स्वास्थ्यमा समस्या भइ चितवनको भरतपुर अस्पताल लगिएकी उनको ४ गते नतिजा पोजिटिभ आएपछि अस्पतालले फिर्ता पठाइदिएको थियो ।

फिर्ता ल्याइ होम आइासेलेसनमा राखिएकी उनको बिहीबार बिहान मृत्यु भएको बन्जाडेले बताए ।

 

प्रकाशित मिति : बिहिबार, कार्तिक ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij