काठमाण्डौ
फ्रान्समा कोरोना सङ्क्रमितको संख्या १० लाख नाघेको छ ।गएको २४ घण्टामा ४२ हजारभन्दा धेरैमा कोरोना पोजेटिभ देखिएसँगै फ्रान्समा सङ्क्रमितको संख्या १० लाख ४१ हजार नाघेको हो ।
योसँगै १० लाख सङ्क्रमित नाघ्ने देशको सूचीमा फ्रान्स सातौं स्थानमा पुगेको छ ।
अमेरिका, भारत, ब्राजिल, रुस, स्पेन र अर्जेन्टीनामा सङ्क्रमितको संख्या १० लाख नाघिसकेको छ । अहिले विश्वभर ४ करोड २४ लाखमा कोरोना पुष्टि भएको वल्ड्रोमिटरले जनाएको छ । जसमध्ये ३ करोड १४ लाख निको भएका छन्।
११ लाख ४८ हजारको भने ज्यान गएको छ । यस्तै ९८ लाख ९३ हजार सक्रिय सङ्क्रमितमध्ये १ प्रतिशत अर्थात् ७६ हजारको अवस्था जटिल रहेको र बाँकी ९८ लाख १७ हजारको अवस्था सामान्य छ । गएको २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८४ हजारभन्दा धेरैमा कोरोना पुष्टि हुँदा ६ हजार ४ सय ९५ जनाको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, कार्तिक ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्