बुटवल
रोटरीयनहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दसैंलगायतका चाडपर्व मनाउन आग्रह गरेका छन् ।
रोटरी क्लव अव बुटवलको १३३५ औं नियमित बैठक तथा विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने रोटरीयनहरुले यस्तो आग्रह गरेका हुन् । बडादसैं, तिहार, छठ लगायतका पर्वहरु आफू रहेकै स्थानमा सुरक्षितरुपमा मनाई कोभिड–१९ को संक्रमणबाट सुरक्षित रहन उनीहरुले आग्रह गरेका छन् ।
प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष रो. डा. मनोहर जोशीले मानिसको स्वास्थ्य भन्दा ठूलो अरु केही नभएको भन्दै यसवर्षको दसैं, तिहार, छठ जस्ता पर्वलाई पारिवारिकरुपमै सीमित गर्न, सकभर बाहिर नजान र जानैपरे स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरे ।
रोटरी क्लव अफ बुटवलका अध्यक्ष रो. सुनिल श्रेष्ठले विजयादशमी, तिहार, छठ एवं नेपाल संवतको अवसरमा शुभकामना व्यक्त गर्दै यसवर्षको दसैं कोरोना महामारीको संवेदनशीलतालाई बुझेर आफू रहेकै स्थानमा मनाउन आग्रह गरे । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर चाडपर्व मनाउन सके कोरोनाबाट बच्न सकिने उनको भनाइ छ ।
रोटरी क्लव अफ बुटवलका निवर्तमान अध्यक्ष रो. डिल्लीकुमार श्रेष्ठले पर्व मनाउने नाममा भीडभाड कम गर्न र कोभिड–१९ को संक्रमणबाट बच्न सजग र सचेत हुन आग्रह गरे । पुर्व अध्यक्ष रो. राजेन्द्रप्रसाद ध्वजूले कोरोना महामारीबाट आफू बच्नु र अरुलाई बचाउनु मुख्य दायित्व रहेको भन्दै सजग र सचेत रहेर पर्व मनाउन आगह गरे ।
कार्यक्रममा रोटरी क्लव अफ बुटवलका प्रेसिडेन्ट इलेक्ट ताराप्रसाद उपाध्याय, सचिव रो. राम शर्मा, सहसचिव रो. शिवकुमार ज्ञवाली, कोषाध्यक्ष रो. खेमनारायण पराजुली, प्रेस सल्लाहकार लक्ष्मण पौडेल, रोटरीयनहरु मणिकरत्न पाण्डे, गोपाल बस्याल, यादव घिमिरे, रामचन्द्र पन्थी, सावि बि.क.लगायतले सामाजिक एवं भौतिक दूरी कायम गर्न, मास्क र सेनिटाइजरको प्रयोग गर्न र सुरक्षित रहेर पर्व मनाउन आग्रह गरेका थिए ।
प्रकाशित मिति : शनिबार, कार्तिक ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्