बुटवल
गुल्मीमा जुवा खेलिरहेको अवस्थामा वडाध्यक्षसहित १२ जना पक्राउ परेका छन्
जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीको रेसुङगा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष मोहन पाण्डेसहित १२ जना पक्राउ परेका हुन्। वडाध्यक्ष पाण्डे युवा संघ गुल्मीका संयोजक पनि हुन्।
उनीहरुलाई रेसुङगा नगरपालिका ८ तम्घासस्थित एभरग्रीन होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार रावलले बताए। जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले छापा हानेको थियो।
उनीहरुबाट ७० हजार रुपैयाँ पनि बरामद गरेको छ। थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, कार्तिक ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्