काठमाण्डौ
नेपालमा कोभिड–१९ ९कोरोना भाइरस० का सङ्क्रमितको सङ्ख्या एक लाख ६८ हजार दुई सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार तीन हजार पाँच सय १७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
गएको २४ घण्टामा १४ हजार नौ सय ८९ जनाको नमुना सङ्कलन भएको हो । त्यस्तै गएको २४ घण्टामा चार हजार ९६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख २८ हजार नौ सय ५८ पुगेको छ ।
अब नेपालमा ३८ हजार तीन सय ५७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै दुई हजार ६ सय ६६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ सय २० पुगेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्