बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा भीर नजिकबाट तिनाउ नदीमा मोटरसाइकल खस्दा २ जना घाइते भएका छन् ।
पाल्पाबाट बुटवल आउँदै गरेको लु ९ प ७१५६ नम्बरको मोटरसाइकल सडकबाट तिनाउ नदीमा खसेको हो ।
शनिवार साँझ पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्र नजिक स्थानीय बिष्णु पाण्डेले नागरिक अनलाइनलाइ जानकारी दिए ।
मोटरसाइकल चालक पाल्पाको बगनासकाली गाउँपालिका–३ का २९ वर्षीय रुक बहादुर हिस्ती मगर र पछाडी सवार तिनाउ गाउँपालिका–६ का १९ वर्षीय दान बहादुर लम्तरी घाइते भएका छन् ।
घाइते दुबै जनाको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।
प्रकाशित मिति : आइतबार, कार्तिक १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्